सिरहा, १८ असार : सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उहाँका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिनुभयो ।
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया
ट्रेन्डिङ
धरानमा श्रावण १५ भदौ ३१ गतेसम्म निःशुल्क दन्त परीक्षण शिविर हुने
धरान । धरानमा आगामी श्रावण १५ गतेदेखि सञ्चालन हुने निःशुल्क दन्त परीक्षण शिविरको प्रचारप्रसार सुरु…
बिरामी बुवाको उपचार खर्च लिएर बीपी जाँदै गरेका प्रधानाध्यापकको धरानमा दुर्घटनामा मृत्यु
धरान l सुनसरीको धरान स्थित बिरामी बुवाको उपचारको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार…

