तेह्रथुममा टिपर दुर्घटना हुँदा दुईको मृत्यु तीन घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

तेह्रथुम, तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरमा सवार तीन जना गम्भीर घाइते भएका छन् । 

सङ्खुवासभाको मादी नगरपालिका–४ घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समीर चौधरी र उमेर नखुलेका विष्णु थामी घाइते भएका हुन् । थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

घाइते अन्य २ जनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ । म्याङ्लुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुने बजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर बुधवार साँझमा दुर्घटना भएको हो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
broken clouds
27° _ 27°
74%
2 km/h
सोम
29 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ