जीप दुर्घटना हूँदा दुई जनाको मृत्यु

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पाल्पा। पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हूँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।

दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व) मा गए राति मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार बुधवार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घनाग्रस्त जीपमा चालकसहित १५ जना सवार थिए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
88%
मंगल
31 °C
बुध
32 °C
बिहि
33 °C
शुक्र
32 °C
शनि
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ