Ad imageAd image

अपहरण तथा शरीर बन्धक कार्यमा सङ्लग्न दुई जना पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । प्रहरीले अपहरण तथा शरीर बन्धक कार्यमा सङ्लग्न अजिम अली र एम डि सनी अलाही दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सप्तरीका राजविराज नगरपालिका–१३ बस्ने सितेन्द्र यादवले आफू अपहरणमा परेको र मुक्त हुन चार लाख ८० हजार रुपियाँ दिनुपर्ने भनी निजको श्रीमतीलाई जानकारी गराएको आधारमा प्रहरीको विशेष टोलीले काठमाडौं महानगरपालिका – ९ सिनामंगलबाट पीडितको उद्धार गरेको थियो।

प्रहरीका अनुसार पीडित २०८१ वैशाख १७ गते कतारबाट फर्केका थिए।

उनी कतारबाट फर्किदा कतारमा बस्ने मनसुर अली नाम बताउने व्यक्तिले २५ ग्राम सुन दिइ आफ्ना भतिज अजिम अलीलाई दिनु भन्दै निजको मोबाइल नम्बर दिइ पठाएका थिए।

- Advertisement -
Ad imageAd image

तर, काठमाडौं आएपछि उक्त सुन लिन बोलाएकोमा अर्कै मान्छेले सो सुन लगेको र आफूले सुन नपाएको भनि अजिम अलीले आफू बस्ने डेरामा जबरजस्ती लगेर पीडितलाई कुटपिट गर्नुका साथै चार लाख ८० हजार रुपियाँ दिएपछि मात्र छाड्ने धाकधम्की दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीले पीडितको पासपोर्ट र नगद १७ हजार ७४० रुपियाँ समेत जबरजस्ती लिएका थिए।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
53%
5 km/h
आइत
23 °C
सोम
25 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ