एमाले केन्द्रीय कमिटी बैठक ः पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा जोड

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्माणमा देखिएका समस्याको समाधानका विषयमा विशेष जोड दिइरहेको बताएका छन् ।
सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको बताएका हुन् ।
उनले भने ,‘ बैठक प्रध्रानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजोबाट सुरु भएको छ । अध्यक्षबाट प्रस्तुत गरिएको राजनीतिक प्रतिबेदनमाथि छलफल जारी छ । मुलत ः सरकारको प्रभाबकारीता र पार्टी निमार्णमा देखीएका समस्याको समाधानमा जोड दिइरहनु भएको छ । पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको छ ।’
साथै उनले आफ्नो ईच्छा पूरा गर्नको निम्ती विभिन्न स्वार्थ समुहहरु बनाएर पार्टीको नेतृत्व विर्गान नहुने बताए । उनले एमाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने बताए ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ