उपत्यकाव्यापी कराते आज

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता आज हुने भएको छ ।

प्रतियोगितामा एकल कातासहित पुरुषमा ११ र महिलामा १० गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका अध्यक्ष एवं प्रमुख सूर्यबहादुर तामाङले जनाएका छन् । प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

शीर्ष ३ स्थानमा रहने टिमसंगै उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिने छ । एकदिने प्रतियोगिताका खेलहरु भक्तपुरको आदर्श चोकस्थित विद्या आर्जन माविमा हुनेछ ।

गत संस्करणमा लूभु डोजो टिम च्याम्पियन बनेको थियो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
51%
शनि
28 °C
आइत
31 °C
सोम
32 °C
मंगल
33 °C
बुध
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ