Ad imageAd image

लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्त छौंः कुलमान घिसिङ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन् ।

उनले  भने, ‘विभिन्न  आरोह अवरोहकाबीच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार  गरेको छ  । आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठनौं घण्टा र  सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ । हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक सातसय मेगावाट भन्दा बढि निर्यात गर्ने अवस्थामा पुगेका छौं । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौं उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ बैसाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौं ।’

- Advertisement -
Ad imageAd image

साथै  उनले  प्राविधिक कारणले केही छिन विद्युत अवरुद्द भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको जिकिर गरे । उनले वर्षायाममा विद्युत भारत निर्यात गरि विदेशि मुद्रा आर्जन गर्नुका साथै व्यापार घाटा कम गर्न विद्युत् प्राधिकरण सफल भएको बताए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
64%
1 km/h
शनि
20 °C
आइत
19 °C
सोम
22 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ