बम्जनलाई भेट्न सीआईबी कार्यालय किन पूर्वराज्यमन्त्री यशोदा लामा ?

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी छन् । अनुयायीहरुलाई बेपत्ता पारेको आरोपमा पक्राउ परेका बम्जनलार्इ भेट्न पूर्व राज्यमन्त्री लामा बम्जनको बारेमा गलत प्रचार गरिएको भन्दै बचाउ गर्न सिआइबी कार्यालय पुगेकी हुन् ।

बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । बमजनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् । यही टोलीमा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी लामा पनि थिइन् ।

बमजनलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराज्यमन्त्री लामाले बमजनलाई सीआईबी कार्यालयमा रहेको थाहा पाएपछि समर्थकहरुसँगै आफू पनि आएको बताइन् । उनले कानुनलाई सम्मान गर्दै अदालतमा हाजिर हुन भनेको बताइन् ।

‘कानुनलाई सम्मान गर्दै उहाँ अदालतमा हाजिर भएको भए पनि हुने हो,’ उनले भनिन् । बरु आफूहरुले नै बम्जनलाई अदालतमा उपस्थित गराउँछौं भन्दा प्रहरीले आफैंले ससम्मान अदालतमा उपस्थित गराउने बताएको लामाले जानकारी दिइन् ।

बमजनलाई भेट्न भन्दै उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालय पुग्दा भीडभाड भएको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले हटाएको थियो । उनका अनुयायीहरुलाई प्रहरीले सीआईबी कार्यालय नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ ।

प्रहरीहरु पनि उल्लेख्य संख्यामा परिचालित छन् । उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
haze
26° _ 26°
19%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ