आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्य विवरण सार्वजनिक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत बागमती प्रदेशभित्रका प्रहरी एकाईहरुको भवन निर्माण गर्न साढे २६ करोड रुपियाँभन्दा बढी बजेट दिएको छ । 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारमा प्रवक्ता गङ्गानारायण श्रेष्ठले सोमबार हेटौँडामा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०-०८१ को हालसम्म गरेका गतिविधि र कार्यसम्पादन बारेमा जानकारी दिन आयोजित सञ्चारकर्मीहरुसँग साक्षात्कार कार्यक्रममा प्रहरीको सेवा प्रभावकारी बनाउन पूर्वाधार निर्माणलगायतका सहयोग गर्दै आएको बताउनुभयो । 

उहाँले मन्त्रालयमार्फत चालु आर्थिक वर्ष २०८०-०८१ का लागि प्रदेशभित्रका १९ वटा क्रमागत र पाँचवटा नयाँ प्रहरी एकाई भवनको बहुवर्षीय सुनिश्चितापछि भवन निर्माणका लागि २६ करोड ५५ लाख रुपियाँ खर्च गर्ने गरी बागमती प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी एकाईहरुलाई अख्तियारी प्रदान गरिएको जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ