यो बन्द कोठा भित्र रटान मारेको छु, अन्तरास्ट्रिय कानुनका परिभाषा, सयुक्त रास्ट्र संघका बडापत्रका धाराहरु, संविधानका धारा र उपधारहरु अपराध संहिताका दफा र उपदफाहरु, देवानि संहिताका दफाहरु र अपराध कानुनका परिभाषाहरु, लत्याएको छु,
अपराध कानुनका परिभाषा र फाैजदारी संहिताका दफाहरु मारेको छु कयाै सपना र इच्छाहरु मैले गरेको छु आजीवन जेल हाल्न सक्ने अपराध प्रमाणमा मेरो ५ बर्ष पहिलेको पाईन्ट र भोटो छ।
घरबाट आमाले पठाएको उसिनेको साग र गुन्द्रुक छ। मेरि आमाको पुरानो धोती र चोलो छ। मेरा दाइका फाटेका चप्पल छन। मेरि भाउजुका नाक र कान खालि छन।
अझै भनाै भने कसैले खाजा खाना जाउ भन्दा भर्खर खाएको भनि सयाै पटक ठगेको छु मैले, मलाई ठगिको पनि सजाय हुनु पर्छ।
मैले करार कानुन मा पढेका बैध करारका तत्वहरु प्रस्ताव र स्विकृति स्वतन्त्र सहमति, बेकामका भएका छन। मैले मेरै जिन्दगी संग अबैध करार गरेको छु।अहं त्यो करार गर्न मेरो सहमति छैन।
मेरो स्वतन्त्र सहमति हरण गरि जिन्दगीले म संग करार गरेको छ। जो अबैध हुन्छ। त्यो संबिधान को धारा २० ले मलाई न्याय पटकै दिएको छैन।
म कति रात ती सर्वोच्चका लामा लामा मुद्धा पढ्दा पढ्दै निदाएको छु। ती मुद्धाले मेरो संविधानको धारा १७ बन्दक बनाईदिएका छन।
मैले मेरा मात्रै इच्छा मारेको छैन मेरि आमाका मेरि भाउजुका मेरा दाईका र मेरो समाज सबैका इच्छा मारिदिएको छु।
हो म अपराधि हुँ।
अब म पनि बिदेश जान्छु र तोडिदिन्छु अन्तरास्ट्रिय कानुनका झ्याल र ढोका, त्यपछि बन्ने छ मेरो र जिन्दगिको करार बैध, त्यसपछि पूरा हुनेछन मेरा सपना र म छुटकारा पाउने छु आजीवन कारावास बाट, यदि म बिदेश पसिना भने म अपराधि नै हुने छु।
यो राज्य बाट मैले केही लिन सकिन यो राज्यको एउटा नागरिक्ता र भोटर कार्ड बाहेक केही लिएको छैन। यो राज्यबाट केही लिन नसकेको एउटा अपराधि हुँ म!