Ad imageAd image

कावासोतीका स्थानीय र नगरपालिकाका प्रतिनिधिबिच १० बुँदे सहमति

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। कावासोतीका स्थानीय र नगर पालिकाका प्रतिनिधिबिच १० बुँदे सहमति भएको छ। नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि तनावग्रस्त बने पछि पीडितका परिवारलाई पाँच लाख उपलब्ध गराउनेसहित विभिन्न १० बुँदामा सहमति भएको हो।

दुई पक्षबिच भएको सहमति अनुसार मृतकको सम्मानमा घटनास्थलमा शिलालेख तयार गर्ने, मृतकका परिवारलाई एक घर एक रोजगारीको ग्यारेन्टी गर्ने र रोजगार निरन्तरता दिने, मृतकका बालबच्चाको कक्षा १२ सम्मको शैक्षिक सामग्रीसहित अध्ययन व्यवस्थापन गर्ने, मृतक परिवारको स्वास्थ्य बीमा गर्ने, मृतकको बालबच्चाको नाममा पाँच लाखको मुद्दती खाता खोलेर जम्मा गर्ने र राहतस्वरुप पाँच लाख नगद मृतक परिवारलाई उपलब्ध गराउने, मृतक परिवारलाई किरिया खर्चवापत प्रति परिवार ५० हजार नगद तत्काल उपलब्ध गराउने, मृतकको अवस्था हेरेर परिवारको आवश्यकताको आधारमा सुरक्षित आवासको प्रबन्ध गर्ने र शव व्यवस्थापनको लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने सहमति भएको छ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
drizzle
22° _ 22°
88%
3 km/h
शनि
22 °C
आइत
29 °C
सोम
31 °C
मंगल
29 °C
बुध
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ