Ad imageAd image

गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ : पूर्वसभामुख सापकोटा

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार-प्रसार गर्नुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवस-२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिँदै उहाँले प्रचार प्रसारका विभिन्न तौरतरिकामध्ये तस्बिर प्रदर्शनी पनि एक माध्यम भएको उल्लेख गर्नुभयो ।

उहाँले जनताको बलिदानीपूर्ण सङ्घर्ष र आफूहरुसमेतको सहभागितामा गणतन्त्रको स्थापना भएकामा गौरवबोध गर्दै यस व्यवस्थालाई बलियो गरी संरक्षण गर्न आवश्यक भएको बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

पूर्वसभामुख सापकोटालाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईसहितले स्वागत गर्दै तस्बिर प्रदर्शनी र राससका गतिविधिबारे अवगत गराउनुभएको थियो ।

यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट उदघाटन भएको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहनेछ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
69%
1 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ