Ad imageAd image

कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

त्रिवेणी (नवलपरासी) । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गर्नुभएको छ । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गर्नुभएको हो ।

सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उहाँले राससलाई बताउनुभयो । हाल उहाँले ५० कठ्ठामा कुरिलोखेती गर्नुभएक छ । “यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ”, उहाँले भन्नुभयो । दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।

किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ । गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गर्नुभएका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उहाँ बताउनुहुन्छ । हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी रु तीन सय छ र थोकमा मूल्य रु दुई सय ५० छ । लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उहाँले तरकारीखेती गर्दै आउनुभएको छ ।

विगत पाँच वर्षदेखि उहाँ व्यावसायिक खेतीमा लाग्नुभएको हो । उहाँको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
32°C
Kathmandu
clear sky
32° _ 32°
11%
2 km/h
बुध
32 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
32 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ