मुवाँथाईका गुणराज रुचाल सहित ८ खेलाडी गणतन्त्र दिवसमा पुरस्कृत

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा मंगलबार चार खेलका ८ खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका ३–३, मुवाँथाई र उसुका १–१ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । एथलेटिक्सबाट धाविकात्रय सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बुढा छन् ।

सन्तोषीले बंगलादेशमा ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा स्वर्ण तथा राजपुरा र राममायाले नेपालमा सम्पन्न १६ औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपको व्यक्तिगत र टिमतर्फ रजत पदक जितेका थिए । शारीरिक सुगठनबाट ललित धिमाल, रजनी श्रेष्ठ र समन मुलगुठीलाई पुरस्कृत भए । ललितले माल्दिभ्समा सम्पन्न १३ औं दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण तथा रजनी र समनले नेपालमा भएको ५५ औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

मुवाँथाईबाट गुणराज रुचाल र उसुबाट विजय सिंजाली पुरस्कृत भएका छन् । गुणराजले थाइल्यान्डमा सम्पन्न १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रो फाइटमा स्वर्ण जितेका थिए । विश्व च्याम्पियनसिपको सेमी प्रोमा नेपाली खेलाडीले पदक यो पहिलो पटक थियो । विजयले साउदी अरेबियामा भएको विश्व कम्ब्याट गेम्समा स्वर्ण जितेका थिए ।

कुल ६ लाख ५० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको राखेपले जनाएको छ । राजपुरा र राममायाले ५५–५५ हजार पाए । बाँकी खेलाडीले समान ९० हजार प्राप्त गरे । खेलाडीलाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पुरस्कृत गरे । सदस्य–सचिव घिसिङले ऐतिहासिक दिवसका अवसरमा परिषद्ले खेलाडीलाई पुरस्कृत गर्ने परम्परा थालेको बताए ।

महासचिव श्रेष्ठले खेलाडीका लागि सम्मान र पुरस्कारको ठूलो महत्व हुने र राष्ट्रको यस्तो सम्मानले खेलाडीमा उर्जा थप्ने विश्वास व्यक्त गरे । खेलाडी छनोट गर्न राखेपले तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माको संयोजकत्वमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई सदस्य रहेको तीन सदस्यीय खेलाडी छनोट कार्यदल गठन गरेको थियो ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
88%
मंगल
31 °C
बुध
32 °C
बिहि
33 °C
शुक्र
32 °C
शनि
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ