Ad imageAd image

थाइल्याण्डस्थित नेपाली राजदूतावासले मनायो गणतन्त्र दिवस, नेपालमा व्यवसायिक सम्भावनाबारे उद्योगीहरुसँग छलफल

लोकेन्द्र ओली
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक । थाइल्याण्डस्थित नेपाली राजदूतावासले १७ औं गणतन्त्र दिवस मनाएको छ ।

दूतावासले मंगलबार एक कार्यक्रमको आयोजना गरी थाइल्याण्डमा रहेका नेपाली व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, थाइल्याण्डका जडिबुटी उत्पादक, प्रशोधन अर्गानिक कृषि उत्पादक, कृषि तथा खाद्य प्रशोधन कम्पनीहरू, नेपाली भाषी थाइ नागरिकहरु, गैरआवासीय नेपाली संघ, वायुसेवा निगमका प्रतिनिधिहरु, पत्रकार लगाएतको उपस्थितिमा गणतन्त्र दिवस २०८१ मनाएको हो ।

कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले जडिबुटी तथा कृषि प्रशोधन क्षेत्रमा लगानी र प्रविधिको माध्यमबाट नेपाल र थाइल्याण्डबीच उत्पादन बिक्री र बजार विस्तारको ठूलो सम्भावना रहेको भन्दै ती अवसरहरूलाई जोड्नुपर्ने बताए ।

- Advertisement -
Ad imageAd image

उनले यस विषयमा निरन्तर छलफल तथा अन्तरक्रिया, सूचनाको आदनप्रदान आवश्यक रहेकोमा जोड दिए । यस्ता कार्यमा व्यवसायीहरूलाई आवश्यक सहयोग गर्न राजदूतावास तयार रहेको उनको भनाइ थियो ।

उक्त अवसरमा नेपाल जडिबुटी उत्पादक तथा प्रशोधन कम्पनीका महाप्रवन्धक संगीता यादव र नेपाल निर्यात महासंघका अध्यक्ष पवन गोल्यानले जडीबुटीको उत्पादन, प्रशोधन, कृषि उत्पादन तथा प्रशोधनका सम्भावना र अवसरका बारेमा जानकारी गराएका थिए ।

राजदूतावासको सहजीकरणमा व्यवसायीहरू बीच करिब तीन घण्टा छलफल भएको थियो । गणतन्त्र दिवसका अवसरमा नेपाली राजदूतावास बैंककले बिहान राजदूतावास परिसरमा चियापानको आयोजना गरेको थियो ।

सो अवसरमा राजदूत ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले दिएको शुभकामना सन्देश वाचन गरि सुनाएका थिए । कार्यक्रममा राजदूतावासका उपनियोग प्रमुख प्रकाश अधिकारीले स्वागत मन्तब्य राखेका थिए ।

सेयर: 113
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
100%
2 km/h
शनि
17 °C
आइत
18 °C
सोम
26 °C
मंगल
23 °C
बुध
24 °C
अध्यक्ष
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ