Ad imageAd image

वर्षाका कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरु हुने भनिएको टी–२० शृङ्खलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच तीनवटा टी–ट्वान्टी तथा तीनवटा एकदिवसीय खेल हुने तालिका रहेको छ । यसअघि आयरल्याण्ड ‘ए’सँग नेपालको सिनियर टोलीले दुई ट्वान्टी–ट्वान्टी खेल खेलेको थियो ।

उक्त शृङ्खला नेपालले २–० ले जितेको थियो । पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई ६ विकेटले तथा दोस्रो खेलमा ७१ रनले पराजित गरेको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
53%
2 km/h
आइत
24 °C
सोम
24 °C
मंगल
20 °C
बुध
25 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ