‘मेरो माया तिम्रो लागि’ सार्वजनिक

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : गायक रूपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मणि सुवेदीको प्रस्तुति तथा शब्द र साहस शाक्यको एरेन्ज रहेको गीतमा सङ्गीत गायक डोटेल आफैँले भरेका छन् । भावनात्मक शैलीको उक्त गीतमा प्रेमपीडा व्यक्त गरिएको छ ।

गीतमा गायकले प्रेमिकाले आफ्नो माया नबुझेको गुनासो पोख्नुभएको छ । गीतको भिडियोमा एक जोडी प्रेमीको प्रेम र विछोड देखाउन खोजिएको छ ।

भिडियोमा गायक डोटेल आफैँ देखिएका छन्, भने उनलाई अभिनयमा गरिमा शर्माले साथ दिनुभएको छ । उत्तम हुमागाईंको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटेलको आफ्नै अफिसियल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

भिडियोका निर्देशक निकेश खड्का हुनुहुन्छ । गायक डोटेलले पाँच सयभन्दा बढी गीतमा स्वर दिइसक्नु भएको छ । गायक डोटेलका ‘वनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै हो नि..’ लगायत थुप्रै गीत चर्चित छन् । डोटेल सेन्टिमेन्टलका अलावा सेमिक्लासिक, लोक, पप र पाश्र्व गायनमा चिनिँदै आएका छन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
53%
4 km/h
बिहि
22 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ