सुनको मूल्य प्रतितोला एक हजार तीन सयले बढ्यो

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु. एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु. एक लाख ३४ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा रु. एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु. एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु. एक लाख ३२ हजार ५० निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु. एक हजार छ सय १५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु. एक हजार छ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु. ३५ ले घटेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
43%
3 km/h
बुध
22 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ