उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जब सडकमा मिठाई बाँडे

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् । नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा लिइन्छ ।

वसन्त ऋतुको मौसम घुमफिरका लागि प्रतिकूल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ । पोखरा, लुम्बिनी, इलाम, मुक्तिनाथ, रारा ताल, शैलेश्वरीलगायतका धार्मिक र पर्यटकीय क्षेत्रमा चहलपहल बढेको जिल्लास्थित समाचारदाताले जनाएका छन् ।

आज बिहानैदेखि घरघरमा पूजाआजासहित आराध्यदेव पशुपति मन्दिरलगायत देवस्थलमा पूजाआजा र दर्शन गर्नेको घुइँचो देखिएको छ ।

भृकुटीमण्डप खेल उद्यान र विभिन्न उद्यान, सपिङ मल तथा रेष्टुराँमा चहलपहल बढेको छ । आजैदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ खुला हुने घोषणाका कारण त्यस क्षेत्रमा उत्साह छाएको छ ।नयाँ शैक्षिकसत्र सुरु हुन बाँकी रहेकोले परिवारसहित घुमफिर गर्ने धेरै देखिएका छन् ।

नयाँ वर्षका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतले स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

उपप्रधानमन्त्री लामिछानेको मिठाई

नयाँ वर्षकै अवसरमा आज बिहान उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सडकबाट वर्षको सुरुआत गर्नुभएको छ ।

उहाँले आज बिहान थापाथलीस्थित चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर शुभकामनासहित सुरक्षित यात्राको कामना गर्नुभयो । सो अवसरमा उहाँले जिम्मेवारीमा रहेका प्रहरीलाई नागरिकप्रति सभ्य व्यवहार गरेर काम गर्न निर्देशन दिनुभएको थियो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
46%
3 km/h
बुध
26 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ