झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जङ्गली हात्ती मृत फेला

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बिर्तामोड । झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । मेचीनगर नगरपालिका– १२ स्थित कालीका सामुदायिक वनभित्र मङ्गलवार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो ।

स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो । ‘हात्तीको अवस्था हेर्दा अन्दाजी ३० घण्टा अगाडि मारिएको हुनसक्ने वन प्रमुख राईले बताउनुभयो ।

दारा काटिएको अवस्थामा हात्तीको अवस्था पाइएकोले घटनाको विस्तृत विवरण पोस्टमार्टम गरेपछि मात्र खुल्ने वन प्रमुख राईले बताउनुभयो ।

मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरी र वन टोली नजिकै पुग्न सकिरहेको छैन । मृत हात्तीलाई सुरक्षा दिन प्रहरी र वन कर्मचारी खटाइसकेको राईले बताउनुभयो ।

यो सँगै जिल्लामा २०६२ यता २० वटा हात्ती मरेको अवस्थामा भेटिएको पाइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
41%
2 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ