‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ अधिकारकर्मी डा.विष्णुमाया परियारलाई

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, । ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ बाट अधिकारकर्मी डा.विष्णुमाया परियार पुरस्कृत हुनुभएको छ । मानव अधिकार एवम् सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याएको भन्दै मानवअधिकार तथा शान्ति समाजले उहाँलाई एक लाख १० हजार राशिबाट पुरस्कृत गरेको हो ।

२५ वर्ष भन्दा बढी अधिकारको आन्दोलनमा योगदान दिनुभएकी डा.परियार राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा सम्मानित तथा पुरस्कृत भइ सक्नुभएको छ । उहाँले यो पुरस्कार एकदमै विशेष रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै अन्तर्राष्ट्रियस्तरबाट सम्मानित भएँ तर मातृभूमिले दिएको यो पुरस्कार विशेष छ ।”

यो ठाउँसम्म आइपुग्न बुवाको योगदानको चर्चा गर्दै उहाँले भन्नुभयो, “दलित भनेर विभेद गरिन्थ्यो । बुवाले विभेदका विरुद्ध लड्न सिकाउनुभयो । हरेक बुवाले छोरीलाई समानता र स्वतन्त्रता दिए सफलता प्राप्त गर्न सक्ने छन् ।” 

गोरखामा जन्मनुभएकी ५१ वर्षीया डा.परियारको जीवन कथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा-७ को पाठ्यक्रममा सङ्लग्न छ ।

अधिकारका क्षेत्रमा क्रियाशील संस्था एशोसिएशन फर दलित वुमन्स एड्भान्समेन्ट अफ नेपाल (एड्वान) का संस्थापक अध्यक्ष डा.परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ ।

म्यानर कलेजले सन् २०१३ मा मानार्थ डि.लिट (डक्टर अफ लेटर्स) ले सम्मान गरेको थियो । डा.परियारका दुई वटा कृति प्रकाशित छन् । मानवअधिकार तथा शान्ति समाजद्वारा समाजसेवा-सामाजिक न्यायको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्न वि.सं.२०७६ मा यो पुरस्कारको स्थापना गरिएको हो ।  

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
77%
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ