निगमको न्यारोबडी जहाज आज आउने

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ,। नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार (आज) काठमाडौँ आइपुग्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सो जानकारी दिनुभयो ।

उहाँका अनुसार इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज (नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी) सोमबार काठमाडौँ आइपुग्ने छ ।

“न्यारोबडी जहाज ग्राउन्डेड भएको विषय मेरो जानकारीमा थियो । इन्जिन मर्मतका लागि जहाज इजरायल पठाउँदा निगमलाई दैनिक घाटा बढ्दै गएपछि मैले तत्काल इन्जिन बनाएर ल्याउन ताकेता गरेको थिएँ ।

जहाज मर्मत भएर आएपछि समस्या समाधान हुने विश्वास लिएको छु,” उहाँले भन्नुभयो । विभिन्न प्राविधिक समस्याका कारण जहाज समयमा मर्मत भएर आउन नसकेको भन्दै उहाँले इजरायलको कम्पनीले समयमा जहाजको इन्जिन मर्मत गर्न नसकेकाले तत्काल क्षतिपूर्ति माग दाबी गरिने जानकारी दिनुभयो ।

सो जहाजको दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको थियो । जहाज मर्मतसम्भारका लागि इजरायलको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी (आइएआई) सँग निगमको सम्झौता भएको थियो ।

जहाजको कुनै एक इन्जिनमा समस्या आएको एक साताभित्र विकल्पमा अर्को इन्जिन व्यवस्था गर्ने अथवा बिग्रेको इन्जिन ६५ दिनभित्र मर्मत गरेर हस्तान्तरण गनुपर्ने व्यवस्था आइएआईसँग भएको सम्झौतामा उल्लेख छ ।

यसो हुन नसक्दा निगमको घाटा बढेकोलगायतका कारण देखाउँदै निगमले क्षतिपूर्ति माग गर्ने जनाएको छ ।जहाज नेपाल फर्काउन निगमका वरिष्ठ पाइलट नृपेन्द्र भट्टराई, अरविन्दराज पहारीलगायतको चालक दल इजरायलको तेलअबिब पुगिसकेको छ । उक्त जहाज तेलअबिब–दुबई हुँदै काठमाडौँ आउन लागेको हो ।

लामो समयदेखि ग्राउन्डेड जहाज तालिका अनुसार सञ्चालनमा आउन नसक्दा निगमले सातामा दर्जनौँ उडान कटौती गर्दा करोडौँ रुपियाँ आम्दानी गुम्दै आएको निगमको दाबी छ ।

उडान कटौती हुँदा भारतको दिल्ली, मुम्बई, बेङलुरुलगायत गन्तव्यमा जाने यात्रुले विदेशी वायुसेवाको प्रयोग गर्दै आएका छन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
2 km/h
बुध
15 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ