बझाङको बिकट साइपाल गाउँपालिकाबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका ल्याइयो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बझाङ । बझाङको प्रदेश (क) को उपनिर्वाचनका लागी जिल्लाको बिकट साइपाल गाउँपालिकाबाट सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका ओसारेको छ ।

आइतबार भएको निर्वाचनमा जिल्लाकोे प्रदेश (क) का साईपाल गाउँपालिका बाहेक सबै मतदान केन्द्रबाट मतपेटिका आइतबार राति नै जिल्ला सदरमुकाम चैनपुर पुगाइएको छ ।

मुख्य निर्वाचन कार्यालयले आज बिहान ११ बजे सर्बदलीय बैठक राखेर आज दिउँसोबाट मतगणना गर्ने कार्यक्रमको तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भन्नुभयो, “सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेको छ ।

आज बिहान ११ बजे सर्बदलीय बैठकपछि दिउँसो १ बजेबाट मत गणना गर्ने तयारी छ” । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । जिल्लाभरी ४९.११ प्रतिशत मत खसेको समेत मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

६१ हजार ७७४ मतदाता रहेको बझाङ प्रदेश (क) मा ३० हजार २२८ मत खसेको छ । जसमा पुरुष १४ हजार ४२९ र महलिा १५ हजार ८९९ रहेको समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ