इलाम-२, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को जमानत जफत, अन्यको के भयो?

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । जित निश्चित भनेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को जमानत जफत भएको हो ।

माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बन्नु भएको मिलन लिम्बुले ५ हजार ५० मत मात्रै प्राप्त गर्नु भयो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलनले पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उहाँको जमानत (धरौटी)जफत भएको हो ।

प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनु भएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
drizzle
15° _ 15°
100%
आइत
22 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ