सुहाङ नेम्वाङले पाए विजयी भएको प्रमाणपत्र

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। इलाम-२ को उप-निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका नेकपा (एमाले)का सुहाङ नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई मंगलबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो।

कार्यक्रममा पूर्व–उपसभामुख शिवमाया तुम्बाहाङ्फे, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य रामबहादुर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो।

नवनिर्वाचित नेम्वाङले इलाम– २ का सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै जनताको शिर नझुक्ने ढंगले आफू प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
100%
1 km/h
शनि
21 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ