भारतको चुनावी पर्यवेक्षकको रूपमा नेपालका नेताहरु दिल्ली जाँदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले चुनावी पर्यवेक्षकको रूपमा नेपाललगायत विभिन्न दलकाका नेताहरूलाई बोलाएको छ । निमन्त्रण स्वीकार गर्दै नेताहरू बुधबार दिल्ली जाँदैछन् ।

भाजपाले १० वटा देशका १८ वटा पार्टीलाई बोलाएको छ । जसमध्ये नेपालका पाँच पार्टीलाई बोलाएको हो ।

नेपाली कांग्रेसको तर्फबाट उदयशम्शेर राणा, माओवादीको तर्फबाट मातृका यादव, एमालेको तर्फबाट विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट जयकान्त राउत दिल्ली जान लागेका हुन् । जनमत पार्टीका पनि एक नेता जाँदैछन् । भाजपाले चुनावमा उनीहरूलाई केही चुनावी क्षेत्रहरूको अवलोकन समेत गराउने छ ।

भाजपाले अस्ट्रेलियाको लिबर पार्टी, भियतनामका कम्युनिस्ट पार्टी, बङ्गलादेशका बङ्गलादेश अवामी लिग, इजरायलका लिकुड पार्टी, युगान्डाका नेशनल रेसिसटेन्स मुभमेन्ट, तान्जानियाको चामा च मापीनडुजी, रसियाको युनाइटेड रसिया पार्टीका प्रतिनिधि पनि बोलाएको छ ।

साथै श्रीलङ्काको श्रीलङ्का पोडुजाना परमुना, युनाइटेड नेशनल पार्टी, मेरिससको मिलट्यान्ट सोशलिस्ट मुभमेन्ट, मेरिसस लेबर पार्टी, मौरेसियन मिलटेन्ट मुभमेन्ट, पार्टी मौरिसियन सोशल डेमोक्रेटका प्रतिनिधिहरू समेत दिल्ली जाँदैछन् ।

विभिन्न देशका नेताहरूसँग भाजपाका अध्यक्ष जेपी नन्दाले भेटवार्ता गर्नेछन् । भारतीय विदेश मन्त्री एस.जयशंकर, रेल्वे मन्त्री आश्विनी वैष्णवले पनि उनीहरूसँग भारतमा भइरहेको चुनावको बारेमा छलफल गर्ने जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ