अनेरास्ववियुले ६० औं स्थापना दिवसको अवसरमा विद्यार्थी महोत्सव गर्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ६० औं स्थापना दिवसको अवसरमा विद्यार्थी महोत्सव गर्ने भएको छ ।

१ देखि ३ जेठसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुन लागेको विद्यार्थी महोत्सवमा १४ विधामा कार्यक्रमहरु हुने अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थी महोत्सवमा अनेरास्ववियुको बारेमा जानकारी दिने, लाइभ म्युजिक, लाइभ प्रोजेक्ट, करियर काउन्सिलिङ, युवा संसद बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, रत्तदान तथा स्वास्थ्य शिविरर हुनेछ ।

त्यस्तैगरी फूड स्टल, ई–गेमिङ प्रतियोगिता, पर्यटन भिजन, विश्वविद्यालयबारे जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण जस्ता कार्यक्रम हुनेछ ।

करिब २०० वटा स्टलहरुबाट विद्यार्थीले आफ्ना रुची अनुसारको मनोरञ्जन तथा जानकारी लिन सक्ने प्रवक्ता पौडेलले बताउनुभयो ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ