श्रेया गिरी फोर्ब्स म्यागेजिनको प्रभावशाली व्यक्तिको सूचीमा छनोट

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको प्रभावशाली व्यक्तिको सूचीमा छनोट हुनुभएको छ । फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सन् २०२४ को प्रभावशाली युवाको सूचीमा गिरी छनोट हुनुभएको हो । 

गिरी म्यागेजिनको ‘सोसल इम्प्याक्ट’ विधामा  ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट छनोट हुनुभएको छ । गिरी मानसिक स्वास्थ्यसम्बन्धी डिजिटल प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’की संस्थापक पनि हुनुहुन्छ । उहाँको संस्था ‘ह्याप्पी माइन्ड्स’ले भौतिक र अनलाइन रूपमा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गर्दै आएको छ ।  

श्रेयासँगै भारतीय मूलकी भाग्यश्री जैन पनि सूचीमा समावेश भएकी छन् । उनी प्यस्टिक नियन्त्रण गर्न कम्पनी ‘दि डिस्पोसेबल’की संस्थापक हुन् । त्यस्तै, यस वर्षको सूचीमा मानसिक स्वास्थ्य आन्दोलन गरेकी भारतीय मुलकी अद्रिजा चक्रवर्ती पनि समावेश भएकी छन् । 

त्यस्तै भारतीय कम्पनी ‘स्ट्याटिक’ नामक कम्पनीका सह–संस्थापक अक्षित बन्सल र राघव अरोरा पनि सूचीमा समोवश छन् । त्यस्तै ‘के–पप’ ब्याण्डकी सदस्य इभ, अफ्गानिस्तानकी मानव अधिकार अधिवक्त एक्साना सुल्तान पनि सूचीमा समावेश भएकी छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
2 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ