आज जानकी नवमी मनाइँदै, मधेश सरकारद्वारा प्रदेशभरि सार्वजनिक बिदा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुरधाम । सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने प्रचलन छ ।

जानकीको जन्मदिनको अवसरमा जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । आज विहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ ।

जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ । आज विहानै दुधमति नदीमा स्नान, जानकी मन्दिरमा बधाइगान, प्राकट्य उत्सव, झाँकीकिर्तनजस्ता कार्यक्रम आयोजन गरिएको छ ।

जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आउने गर्दछन् । जानकी नवमीको अवसरमा मधेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
94%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ