नार्कद्वारा ड्रोन उडाउने तालिम सञ्चालन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले कृषि इन्जिनियरलाई मल्टी स्पेक्ट्रल ड्रोन सञ्चालनका लागि दुईदिने तालिम दिएको छ । 

नार्कले यस्तो तालिम पहिलो पटक सञ्चालन गरेको हो । नेपालको कृषिमा ड्रोनको प्रयोग खासै छैन । आवश्यकता भए पनि नीतिका कारण ड्रोन प्रयोगमा ल्याउन नसकिएको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख श्रीमत श्रेष्ठले बताउनुभयो । हाल कृषिका लागि निजी क्षेत्रमा दुई र सरकारी तहमा दुई गरी चार वटा ड्रोन मात्र प्रयोगमा रहेको उहाँले जानकारी दिनुभयो ।

बढ्दो यान्त्रिकीकरण तथा आधुनिकीकरणका कारण ड्रोन प्रविधिको आवश्यकता देखिएका कारणले नै पहिलो चरणमा इन्जिनियरलाई तालिम दिएको बताउँदै उहाँले ड्रोन प्रयोग गर्नका लागि नागरिक उड्डयन प्राधिकरणमा दर्ता तथा जिल्ला प्रशासन कार्यालयबाट उडानका लागि अनुमति लिनुपर्ने बताउनुभयो ।

ड्रोन प्रयोगका लागि नीतिगत सुधारको आवश्यकता पनि देखिएको छ । यसका लागि स्पष्ट नीति नै नभएका कारण व्यापक प्रयोगका लागि नीतिगत सुधार गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

हालसम्म कृषि मन्त्रालयले नक्साङ्कन तथा विभिन्न अनुसन्धानका लागि ड्रोन प्रयोगमा ल्याइरहेको छ तर अब बहु प्रयोगका लागि पनि ड्रोनको आवश्यकता महसुस भइरहेको उनको भनाई छ । पहिलो चरणमा १४ जना इन्जिनियरलाई तालिम दिएको र अर्को चरणमा यससँग सम्बन्धित अन्य प्राविधिकलाई पनि तालिम दिइने बताइएको छ ।  

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ