बाफल आगलागीमा ज्यान गुमाउनेको संख्या चार पुग्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा चार जनाको ज्यान गएको छ। घटनामा गम्भीर घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएपछि ज्यान जानेको संख्या चार पुगेको हो ।

गम्भीर घाइते भएका गिरीको गएराति किष्ट अस्पतालमा मृत्यु भएको हो । किष्ट अस्पताल नजिकैको टहरामा आगलागीमा परेर गम्भीर घाइते भएका सञ्जयको श्रीमती रुपा गिरी र दुई छोरी ३ बर्सिया प्रिया गिरी र ८ बर्सिया एलिशा गिरीले यसअघि ज्यान गुमाएका छ ।

रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए ।

मोबिल स्टोरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । घटनामा घाइते भएका १५ वर्षीय मित गिरीको भने किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ