अभिषेक केसी :-रोजगारी नपाई बाध्य भएर खाडी सहित बिभिन्न मुलुकहरुमा काम गरिरहेका हामि नेपालीहरुले क-कसको र कतिको घरमा चुलो बल्न मद्धत गरेका छाै? भन्ने कुराको विवरण आँखा खोलेर पढ्नु होस् ।
म खाडी लाउरे।👮 भन्दा सबै हाँसछन्। किन भने खाडी आउनेहरुको संख्या लाखौ छ ।
१) म खाडी आउनाले पासपोर्ट अफिसका कर्मचारीहरुले जागिर पाएका छन् । अनि अफिस बाहिरका फोटो कपि गर्ने, टाइपिङ गर्ने, फोटो खिच्नेहरुले रोजगारी पाएका छन्।
२) म खाडी आउनाले श्रम कार्यालयका कर्मचारीहरु र बाहिर बस्ने एजेन्टहरुले र बीमा कम्पनीहरुले रोजगारी पाएका छन्।
३) म खाडी आउनाले धेरै मेनपावर र तिनका कर्मचारीहरुले रोजगारी पाएका छन्। अनि मेडिकल एजेन्सीले पनि पिसिआर, एक्सरे गर्दै रोजगारी पाएका छन्।
४) म खाडी आउनाले काठमाडौंका होटल, बस, टेक्सीले रोजगारी पाएका छन्।
५) म खाडी आउनाले एयरपोर्टका कर्मचारीहरुले र प्रहरीहरुले रोजगारी पाएका छन्।
६) म खाडी आउनाले ट्राभल एजेन्सीहरु र पाईलट/ऐरहोस्टेजहरुले पनि रोजगारी पाएका छन्।
७) म खाडी आउनाले नेपालमा रहेका बैंकहरुले काम पाएका छन्। साथै देशले विदेशी मुद्रा भण्डार पनि पाएको छ।
८) म खाडी आउनाले मेरो घर नजिकको पसले दाईको सामनहरु खूब बिक्री भएको छ । साथै मेरो छोरा छोरी पढ्ने स्कूलको शिक्षकहरु र स्कूल कर्मचारीहरुले पनि राम्रो रोजगारी पाएका छन्।
९) म खाडी आउनाले नेपालको भाट-भटेनी देखि सीजी जस्ता सुपरमार्केटहरुको ब्यापार मज्जाले चलेको छ।
१०) म खाडी आउनाले भाई बैनीहरुको मोटरसाइकल र स्कुटर चड्ने रहर पुरा भएको छ, जसले गर्दा शोरुम र पेट्रोल पम्पको खूब ब्यापार भएको छ।
११) म खाडी आउनाले मेरो परिवारले दशैं तिहारमा नयाँ लुगा लगाउन सक्ने भएका छन्, जसले गर्दा कपडा व्यापारीहरुले राम्रो आम्दानी गरेका छन्।
१२) म खाडी आएपछि घरमा तीन आखे मोबाइल पनि भित्रिएको छ जसले गर्दा घरमा वाइफाइ पनि जोडिएको छ। अनि टेलिकम कम्पनीहरुले पनि मनग्य आम्दानी गरेका छन र तिनीहरुको कर्मचारीहरुले रोजगारी पाएका छन् ।
१३) म खाडी आउनाले नेताहरुले पनि हामीले पठाएको पैसाले फोहोरी राजनीति गर्न पाएका छन् । साथै नेताहरुमा हुनु पर्ने गुण भएको मानिसहरु खाडी लाहुरे भए पछि नेपालका एसएलसी फेल भएका नेताहरु पनि राजनेता भएका छन् र उनीहरुले पनि रोजगारी पाएका छन् ।
१४) यी बाहेक अरु धेरै भन्दा धेरै नेपालीहरुलाई अनगिन्ती रोजगारी दिने खाडी लाउरे नेपालीहरुको लागी ठुलो रोजगारदाता हो । खाडी लाहुरे कुनै साधारण मानिस होइन। यस अर्थमा ३ करोड नेपालीको चुलो बाल्ने काम नै खाडी लाहुरेले गरेको छ।
१५) त्यसैले सबैलाई अनुरोध छ – खाडी लाउरेको शक्ति र महत्वलाई बुझ्नु होस् र हेला नगर्नुहोस् ।
————————————💙🙏