एमाले प्युठानको अध्यक्ष र उपाध्यक्ष चयन गर्न मतदान सुरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

प्युठान । नेकपा (एमाले) प्युठानको अध्यक्ष र उपाध्यक्ष चयन गर्न मतदान सुरु भएको छ । मतदानका लागि जिल्लाभरका ६४ वडा र जनवर्गीय सङ्गठनबाट ५३९ प्रतिनिधि छनोट भएर मतदानमा सहभागी भएका छन् ।

बिहान ९ बजेदेखि मतदान भइरहेको छ ।अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । हालका वर्तमान अध्यक्ष विजय विराज विष्ट, प्रदेश सदस्य मधुर शर्मा र पूर्व प्रदेश सदस्य अजय सिंहले उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी, उपाध्यक्षका लागि माधव शर्मा, नेगन सिंह कवरले उम्मेदवारी दिनुभएको छ । सचिव इन्द्रमणी पोख्रेल, उप–सचिव हिरामणी भण्डारी र उप–सचिव इश्वरा आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, ८९ सदस्यीय जिल्ला कमिटीमा सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् । दशौं अधिवेशनको आइतबार महासचिव शंकर पोख्रेलले उद्घाटन गर्नुभएको थियो ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
73%
4 km/h
सोम
21 °C
मंगल
25 °C
बुध
28 °C
बिहि
30 °C
शुक्र
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ