आउने दिनमा जलवायुजन्य विपदका घटनाहरुमा उल्लेख्य वृद्धि हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत आठ वर्षमा करिब साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताएका छन् ।

मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विज्ञहरुले आउने दिनमा जलवायुजन्य विपदका घटनाहरुमा उल्लेख्य वृद्धि हुने बताए । बाढी, पहिरो, समुन्द्री आँधीलगायतका घटनाहरु बढीभन्दा बढी वृद्धि हुने उनीहरुले बताए ।

कार्यक्रममा बोल्नुहुँदै जलवायु विज्ञ एवम् प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले आगामी दिनमा बाढी, पहिरोलगायतका घटनाहरुमा वृद्धि हुने बताउनुभयो ।

उहाँले विपद्जन्य घटनाले मानवीय र प्राकृतिक प्रणालीमा ठुलो असर पुग्ने बताउनुभयो । उहाँले जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर परेको जिकिर गर्नुभयो ।

निर्देशक सिंहले मेलम्चीको बाढीका कारण प्राकृतिक स्रोत, इकोसिस्टम, आर्थिक, सामाजिक, सांस्कृतिक असरहरु बढी भएको बताउनुभयो । उहाँले बाढीका कारण प्राकृतिक सौन्दर्यमा पनि असर परेको जानकारी दिनुभयो । उहाँले बाढीका कारण बसाइसराइँको समस्या बढेको बताउनुभयो । बाढीले घरायसी काममा महिलाहरुको बोझ झनै थपिएको बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
100%
1 km/h
सोम
18 °C
मंगल
24 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ