काठमाडौँ, १२ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो । प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिनुहुँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
हरेक क्षेत्रमा सम्भावना देख्न युवाहरूलाई आह्वान
बैंकक । साहित्यकार सचितानन्द घिमिरेले हरेक क्षेत्रमा सम्भावना देख्न युवाहरूलाई आह्वान गर्नुभएको छ। साहित्य मन थाइल्याण्डले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उहाँले सम्भावना देख्ने युवाले सफलता प्राप्त…


