मेयर घर्तिको आत्माकथा लोकार्पण :-“जाजरकोट एक अनन्त यात्री “

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ शनिबार लोकार्पण गरिएको छ । 
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आयोजित कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि ओलीले घर्तीलाई आत्मकथा प्रकाशन गर्ने पहिलो मेयर भएकोमा अभिनन्दन गर्दै शुभकामना दिनुभयो ।
उहाँले असार १५ गते नेपालका धेरै प्रसिद्ध व्यक्तिहरूको जन्मदिन पनि परेको उल्लेख गर्दै, लेखकलाई पनि यस्तै प्रसिद्धि मिलोस् भन्ने कामना गर्नुभयो । साथै, राष्ट्रिय धान दिवसको शुभकामना दिँदै कृषि कर्ममा लागिरहन सबैलाई ओलीले आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकाल, विश्व उत्प्रेरणा प्रशिक्षक रमण भट्टराई र ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसी, मिडियाकर्मी सिमोन न्यौपाने लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । लेखकका परिवारजनमा छोरी सुशाशिका र भाइ एवं अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी थिए ।
लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) द्वारा प्रकाशित यो पुस्तक लेखकको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो । 

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
clear sky
27° _ 27°
20%
2 km/h
बुध
28 °C
बिहि
30 °C
शुक्र
30 °C
शनि
32 °C
आइत
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ