दार्चुलामा बाढीपहिरोबाट १६ परिवार बिस्थापित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

खलङ्गा (दार्चुला), २१ असार :

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार बिस्थापित भएका छन् । मार्मा गाउँपालिका–४ र ५ का ती परिवार बिस्थापित भएका हुन् । मार्मा हुँदै मुरै गोल्फा सित्तोला जोड्ने सडकबाट खसेको पहिरोका कारण मर्मतीका केही परिवार बिस्थापित भएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । बाढी घरमा पसेपछि बिस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

पहिरोबाट बिस्थापित भएका ९९ जनालाई सुरक्षित स्थान लटिनाथ आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले जानकारी दिनुभयो । दार्चुलामा बिहिबार साँझदेखि निरन्तर पानी परिरहेको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
82%
4 km/h
आइत
19 °C
सोम
24 °C
मंगल
26 °C
बुध
28 °C
बिहि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ