काठमाडौँ, ३१ असार : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज पदभार ग्रहणका क्रममा उहाँले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनःसंरचना गर्ने निर्णय गर्नुभएको छ । मन्त्री गुरुङले मातहतका कर्मचारीलाई प्रतिफल आउनेगरी क्रियाशील हुन निर्देशनसमेत दिनुभयो । “नेतृत्व तहबाट गर्ने सहयोगका लागि म सधैँ तपाइँहरूको साथमा छु । मन्त्रालयले प्रदान गर्ने सेवाको प्रभावकारिताका लागि कानुनी र संस्थागत सुधार गर्न यहाँहरूबाट भरपुर सहयोगको अपेक्षा गरेको छु, सोहीअनुसार आआफ्नो जिम्मवारी निर्वाह गर्नुहोला”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव गुरुङले संविधान निर्माणपछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ २०७४ फागुन ४ गतेदेखि २०७८ जेठ २८ गतेसम्म मुख्यमन्त्री रहनुभएको थियो । विज्ञान विषयमा स्नातक मन्त्री गुरुङले पञ्चायतकालमै २०३४ सालदेखि राजनीति सुरू गर्नुभएको थियो । उहाँ २०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार लमजुङमा अनेरास्ववियुकोतर्फबाट स्ववियु सचिव निर्वाचित हुनुभएको थियो । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनिसक्नुभएका गुरुङ प्रतिनिधिसभा निर्वाचन २०७९ मा लमजुङ निर्वाचन क्षेत्र नं १ बाट विजयी हुनुभएको हो ।
सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण

प्रतिक्रिया
ट्रेन्डिङ
‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ सम्पन्न
काठमाडाैं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ भव्य रूपमा…
‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट् ?
काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् ।…
अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन…
आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा
काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य…

