नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछः बाइडेन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले औपचारिक रुपमा राष्ट्रपतिको दौडबाट पछि हट्ने बताउनुभएको छ ।

राष्ट्रलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपतिको दौडबाट फिर्ता लिने आफ्नो निर्णय रहेको बताउनु भयो । आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविष्मरणीय रहने बताउनु भयो । आफू सबै किसिमले दोस्रो कार्यकालका लागि योग्य रहेको भएपनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु राष्ट्रलाई एकतावद्ध गर्नु रहेको बताउनु भयो । बाइडेनले ११ मिनेटको भाषणमा अब अमेरिकीहरूले गर्ने निर्णयहरूले राष्ट्र र विश्वको भाग्य आगामी दशकहरूमा निर्धारण गर्ने बताउनु भयो । अझै पनि इमानदारी, शिष्टता, सम्मान, स्वतन्त्रता, न्याय र लोकतन्त्रमा विश्वास गर्नुपर्ने बताउनु भयो ।


बाइट…जो बाइडेन, अमेरिकी राष्ट्रपति
बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक राष्ट्रपतिको उम्मेद्वारको रूपमा मनोनयन गर्न आफ्नो पूर्ण समर्थन रहेको बताउनु भयो । रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन डेमोक्र्याटहरूलाई एकजुट हुन आग्रह गर्नुभयो ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ