काठमाडौं, २६ साउन
वैदेशिक राेजगारीमा गएकाे युवाकाे कथामा आधारित प्याकुली नामक म्युजिकल फिल्म सार्वजनिक भएकाे छ ।
काठमाडौंकाे सिटिसी मलस्थित वन सिनेमा हलमा शनिबार आयाेजित समाराेहमा म्युजिकल गीति फिल्म युट्युबमार्फत सार्वजनिक गरिएकाे हाे ।
नीतिन चन्दले निर्देशन गरेकाे गीतकाे भिडियाेमा आरआर खड्का, तलीशा गुरूङ, महेश खड्का, घनश्याम जाेशी, बाल कलाकार राेनिश खड्का, अर्जुनकाजी श्रेष्ठकाे अभिनय रहेकाे छ ।
आरआर (रामहरि) खड्काकाे शब्दमा रहेकाे गीतमा बाबुल गिरीकाे संगीत र स्वर रहेकाे छ ।
शिशिर गरूङले निर्माण गरेकाे भिडियाेलाई
दिनेश पराजुलीले खिचेका हुन् ।
लाइक माइण्डस् नेपालले सम्पादन गरेकाे भिडियाेकाे
कलर ग्राफिक्समा राकेश दाहालले याेगदान दिएका छन् । क्रियटिभ डाइरेक्टर शिशिर अर्याल र सहायक निर्देशक उत्सव पौडेल रहेका छन् ।
समाजकाे कथालाई आफै भाेगेर शब्दमा उतारेका आरआर खड्काले म्युजिक भिडियाेका मुख्य चरित्र निभाएका छन् । `गाउँ समाजमा घटिरहेकाे घटनालाई शब्दमा उतारेका छौं । अरूका कुरा सुनेकै भरमा ठूला घटना भइरहेका छन् । कही सत्य घटना पनि हाेलान । तर अरूका कुरा सुनेर कुनै कदम नचाल्नुस् । श्रम गर्ने परिवारले कागले कान लग्याे भनेर पछि लाग्ने भन्दा पनि कान छाम्ने गरौं । याे गीतकाे यही सन्देश हाे,´ उनले भने ।
खड्काले याे घरघरकाे कथा भएकाे बताए । `अधिकांश मान्छे विदेशमा छ । श्रीमान विदेशमा, श्रीमती गाउँमा, सफा नियतले पनि बाेल्नै अफ्ठेराे छ । मैलै गाउँमै भाेगेकाे कथा हाे । समाजप्रति दायित्व लागेर याे निर्माण गरेका हौं । मनाेरञ्जनमात्र हाेइन सन्देश पनि दिउ भन्ने मुख्य ध्येय हाे,´ उनले स्पष्ट पारे ।
गीतकाे भिडियाेमा अभिनय गरेकी तलिशा गुरूङले नेपाली समाजकाे कथालाई प्रस्तुत गर्ने पात्रकाे रूपमा काम गर्न पाउँदा खुसी लागेकाे बताइन् । `प्याकुली एक वर्षपछि रिलिज भयाे । राम्राे भिडियाे आएकाे छ । भिडियाे हेर्दा म नै हाेइन जस्ताे लाग्याे । गाउँकाे गृहणी जस्ताे महसुस भयाे । अब मूल्यांकन गर्ने स्राेत दर्शककाे कुरा हाे । वास्तविकता भन्दा कुरा सुनेकाे भरमा सम्बन्धहरू ब्रिगिरहेकाे हुन्छ । याे घरघरकाे कथा हाे,´ उनले भनिन् ।
कलाकार महेश खड्काले प्याकुलीमा जाेडिन पाउँदा आफ्नाे कामलाई फरक पाएकाे बताए । दु:ख पाएकाे युवाकाे क्यारेक्टरमा प्रस्तुत गर्न पाउँदा खुसी लागेकाे उनकाे भनाइ छ ।
गायक बाबुल गिरीले याे अहिलेसम्मकै फरक खालकाे उत्कृष्ट गीत भएकाे बताए । समाजकाे कथामा चित्रण गरिएकाे गीतमा सहकार्य गर्न पाउँदा खुसी लागेकाे उनकाे भनाइ छ।
कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चलिरहेकाे भन्दा फरक परिवेशमा बनेकाे गीत उत्कृष्ट भएकाे बताइन् । `गीत आफैमा राम्राे बनेकाे छ । प्रशंसा गर्नै पर्दैन । मिठाे बनेकाे छ । साथीहरूसहित हामी सबै राेइरहनुभएकाे थियाै । बाकसमा लास आउने तथा अन्य दृश्यले दशैकाे माहाेल फिल भयाे । चलिरहेकाे भन्दा अलि फरक गीत बनेकाे छ । मन छाेयाे । दशर्कले पनि स्वत: मन पराउनु हुनेछ । यस्ताे राम्राे गीत बनिरहाेस्,´ उनले भनिन् ।
गीत सार्वजनिक समाराेहमा दिपाश्री निरौला, शिवहरि पौडेल,गीतकार शंकर अधिकारी गायल, निर्देशक ज्ञानेन्द्र देउवालगायत कला क्षेत्रका निर्माता निर्देशककाे उल्लेख्य उपस्थिति थियाे ।