थाई-नेपाली संघको १३औं रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न, २०० भन्दा बढीले दिए रगत

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक। थाइल्यान्डकाे राजधानी बैंककमा आयाेजित रक्तदान कार्यक्रममा दुई सय भन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् ।

थाई-नेपाली संघ (टिएनए)ले आइतबार बैंककस्थित थाई रेडक्रस सोसाइटीमा १३औं रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हाे ।

कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै दुई सय भन्दा बढी व्यक्तिहरूले रगतदान गरेका हुन् । याे कार्यक्रमले समाजमा ठूलो सकारात्मक प्रभाव पार्ने आयाेजकले बताएका छन् ।

थाइ नेपाली संघ बैंकक शाखा युवा विभागद्वारा आयोजित कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएकाे थियाे । कार्यक्रममा विभिन्न क्षेत्रका मानिसहरूको उत्साहजनक सहभागिता थियो, जसले सामूहिक रूपमा रगतदान गरी जीवन बचाउने  पुण्य कार्यमा महत्वपूर्ण योगदान पुर्याए ।

रक्तदान कार्यक्रमले थाई-नेपाली संघको समाजप्रतिको सेवाभावलाई बलियो मात्रै बनाएको छैन, सामुदायिक एकता र सहयोगको उदाहरण पनि प्रस्तुत गरेको छ । संकलित रगतले आपतकालीन अवस्थामा थुप्रै मानिसको जीवन बचाउन मद्दत गर्ने आयाेजककाे विश्वाि छ ।

थाई-नेपाली संघले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै दाताहरू, स्वयंसेवकहरू, र सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ । `तपाईहरूको यो योगदानले धेरै मानिसहरूको जीवनमा आशा र उज्यालो प्रदान गरेको छ,´ संघले भनेकाे छ, `सामुदायिक एकताको शक्ति पनि प्रदर्शन गरेको छ ।´

सेयर: 50
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
mist
19° _ 19°
68%
1 km/h
बुध
26 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
29 °C
आइत
27 °C
ट्याग गरिएको:
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ