थाइल्यान्डमा राप्रपाको क्रेज, प्रवासी नेपाली एकता समाज गठन 

लोकेन्द्र ओली
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

राजेन्द्र लिङ्देनले बैंकक पुगेर भूषण श्रेष्ठको संयोजकत्वमा बनाए २३ सदस्यीय समिति 

बैंकक, ९ भदौ 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थाइल्यान्डमा संगठन विस्तार गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन बैंकक पुगेर आइतबार पार्टीनिकट शुभेच्छुक संगठन स्थापना गरेका हुन् । 

भूषण श्रेष्ठकाे संयाेजकत्वमा थाइल्यान्डमा राप्रपानिकट प्रवासी नेपाली एकता समाज गठन भएको हो । नेपालमा प्रतिपक्षमा बसेर राप्रपाले देश हितमा चालेको कदमबाट प्रभावित भएर संगठित भएको युवाहरूले बताएका छन् । 

समाजको पदाधिकारीहरूमा राजु बलामी वरिष्ठ उपाध्यक्ष, महेन्द्र श्रेष्ठ उपाध्यक्ष, दिनेश बुढाथोकी महासचिव र राकेश चौधरी थारु सह सचिव चुनिएका छन् । कोषाध्यक्षमा चुडामणि भण्डारी र सह कोषाध्यक्षमा लोकेन्द्र थुङ्लुङ राई चयन भएका छन् । महिला संयोजकको जिम्मेवारी मलिका जोशीले सम्हाल्ने छिन् भने युवा संयोजक कमल गुरुङ चयन भएका छन् । 

अन्य पदाधिकारीहरूमा माईला आचार्य (मुख्य सलाहकार), विचाई कालिकोटे (सलाहकार), डऱ्याङ लिम्बु (धार्मिक तथा संस्कृती विभाग प्रमुख), मोहन गौतम (प्रचार प्रसार प्रमुख), केशव अधिकारी (सहयोग विभाग प्रमुख) छन् । 

सदस्यहरूमा बिष्णु गैरे (सदस्य), राजेश खनाल (सदस्य), रोशन प्रसाई (सदस्य), गोपाल राना (सदस्य), बिनोद सापकोटा (सदस्य), राजु धिमिरे (सदस्य), सागर बुढाथोकी (सदस्य), रोहन कुमार कर्निकार (सदस्य), टिकाराम घिमिरे (सदस्य) छन् । 

प्रवासी नेपाली एकता समाजले थाइल्याण्डमा रहेका प्रवासी नेपालीहरूको हित र राप्रपाको विचारधाराको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । 

समारोहमा प्रमुख अतिथिको रूपमा राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो सम्बोधनमा प्रवासी नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाए । राप्रपाको मार्गदर्शनमा समाजलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए । 

लिङ्देनले संगठनको गठनले प्रवासी नेपालीहरूको हक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै संगठनलाई आगामी दिनमा पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए । 

संयोजक भूषण श्रेष्ठले थाइल्याण्डमा रहेका नेपालीहरुलाई संगठनको गतिविधिमा सहभागी हुन आह्वान गर्दै संगठनले आगामी दिनमा विभिन्न कार्यक्रमहरु मार्फत राप्रपाको सिद्धान्तलाई प्रवर्द्धन गर्ने योजना बनाएको बताए ।

सेयर: 386
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
mist
13° _ 13°
94%
1 km/h
शुक्र
21 °C
शनि
24 °C
आइत
24 °C
सोम
26 °C
मंगल
20 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ