सहिदहरुलाई सम्मान गर्ने विषयमा विभेद छ ः प्रचण्ड

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदहरुलाई सम्मान गर्ने विषयमा विभेद रहेको उल्लेख गर्दै यसलाई नीतिगत रुपमै समाधान गर्नुपर्ने बताएका छन् ।

बिहीबार शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकरुपताका साथ सबै सहिदहरुलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘सहिदहरुलाई सम्मान गर्ने सन्दर्भमा विभेदको स्थितिलाई नीतिगत रुपमै समाधान गर्न आवश्यक रहेको छ । आउने केन्द्रीय समितिको बैठकमा सहिदहरुलाई सम्मान गर्नेबारे एकरुपताका साथ सबै सहिदहरुलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पनि पहल गरिनेबारे जानकारी गराउन चाहन्छु । सहिदहरुका बारेमा विभेद गर्नु हुँदैन भनेर जनयुद्धका बेला मारिनुभएकाहरुका बारेमा स्मृति मनाउने वा नमनाउने भनेर भेद गर्नुभन्दा सबै सहिदहरुलाई एकमुस्ट रुपले श्रद्धा व्यक्त गर्नु बढी उचित हुन्छ ।’

पार्टीले जनयुद्धमा मारिनुभएका सहिदहरुको सम्झनामा प्रत्येक वर्ष १४ देखि २१ गतेसम्म मनाउने गरेको भएपनि शान्ति प्रक्रियापछि यसमा बदलाव आएको उनको भनाइ छ ।

‘यसका लागि पार्टीले फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहका रुपमा मनाउने भनेका थियौं । र मनाउँदै आएका पनि छौं । शान्ति प्रक्रियामा आएपछि यसमा केही बद्लाव जस्तो देखा परेको छ । कतिका नाममा प्रतिष्ठानहरु बनेका छन्, कतिका नाममा छैनन् । यसले राम्रो गरेको जस्तो लागेको छैन । पार्टी पुनः निर्माणको एउटा प्रक्रियामा पनि छौं । कमरेड शेरमान र कमरेड मोहनचन्द्रलाई हार्दिक श्रदाञ्जली दिन चाहन्छौं,’ उनको भनाइ छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ