फ्रान्समाथि इटालीको उत्कृष्ट जीत

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इटालीले फ्रान्समाथि उत्कृष्ट जित निकालेको छ । 

फ्रान्सको पार्क दे प्रिंसेसमा १३ सेकेण्डमै १ गोलले पछाडि परेको इटालीले फ्रान्सलाई ३–१ गोलको उत्कृष्ट कमब्याक जीत निकालेको हो ।

फ्रान्सका ब्राडली बारकोलाले १३ सेकेण्डमै गोल गर्दै घरेलु टोलीलाई सुरुमै अग्रता दिलाएका थिए ।

सेन्टरबाट बल चलेपछि बारकोलाले इटालीका डिफेन्डरबाट बल खोसेर  सिधै पोस्ट चार्ज गर्दा गोल भएको थियो ।

तर, ३० औं मिनेटमा इटालीका फेडरिको डिमार्कोले बराबरी गोल गरेका थिए ।  इटालीका सान्ड्रो तोनालीको पासमा डिमार्कोले भली प्रहार गर्दै बराबरी गोल गरेका थिए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा बाँकी २ गोल इटालीले दोस्रो हाफमा गरेको हो ।

दोस्रो हाफको ५० औं मिनेटमा डेभिड फ्राटेस्सी मेटाओ रेटेगुइको पासमा उत्कृष्ट गोल गर्दै इटालीलाई २–१ ले अघि बढाए ।

७४ औं मिनेटमा डेस्टिनी उडोगीले दिएको पासमा गियाकोमो रसपाडोरीले गोल गरेपछि इटालीले फ्रान्समाथि ३–१ को उत्कृष्ट कमब्याक गोल गरेको थियो । जितपछि नेसन्स लिगको पहिलो खेलमै इटालीले ३ अंक लिन सफल भयो ।

यही समूहमा रहेको बेल्जिमयमले इजरायललाई पनि ३–१ गोल अन्तरले पराजित गरेको छ ।

बेल्जियमको जितमा केभिन डी ब्रुएनाले २ गोल गर्दा योरे टेलिम्यान्सले १ गोल फर्काएका थिए । इजरायलको नाउँमा रहेको एक गोल उपहार रह्यो । समूह बीमा इटाली शीर्ष स्थानमा रहँदा बेल्जियम दोस्रो स्थानमा रहेको छ .

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ