ट्रायल मास्टरका लागि नेपालका नौ खेलाडी मलेसिया जाने

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । मलेसियामा हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा नेपालबाट नौं खेलाडी सहभागी हुने भएका छन् । त्यसका लागि नौ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ ।

सेप्टेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा रशिला तामाङ, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सुनुवार, आङ फुर्वा शेर्पा, मिलन कुलुङ, लोकेन्द्र राई, अर्जुन कुलुङ राई र फुर्पा सिंगी तामाङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

रशिला भने प्रतियोगिताका लागि स्पेनमा रहेकाले त्यत्तैबाट मलेसिया जाने छिन् । सबै खेलाडीले ७८ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

प्रशिक्षकमा पूर्ण तामाङ तथा अफिसियलमा सुवास थापा र रिकेश योञ्जन रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र राखेप कार्यकारी समितिका सदस्य एवं नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा सदस्य–सचिव घिसिङले महासंघको कार्यको प्रशंसा गर्दै वार्षिक क्यालेन्डर नै तयारी गरी कार्यक्रमलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले खेलाडीको तयारी, खेलाडीको विगतको अन्तर्राष्ट्रिय सहभागिता, उपलब्धी र टाइमिङलागायतका विषयमा खेलाडीसंग चासो व्यक्त गरेका थिए ।

अध्यक्ष कुँवरले खेलाडीलाई बढी भन्दा बढी एक्सपोजर दिन महासंघले प्रयत्न गरिरहेको बताउदै सामूहिक प्रयासले महासंघलाई नेपालकै उत्कृष्ट खेल संघ बनाउन क्रियाशील रहने प्रतिबद्धता जनाए ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
scattered clouds
19° _ 19°
45%
5 km/h
बुध
18 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ