प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार घोषणा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २७ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४ औँ निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार समूहलाई शुभकामना दिएका  छन् ।

इ.प्रा डा विष्णुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गरे । ‘यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्न सक्षम समूह देखिएको छ । तपाईँहरुले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौँला।’

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
4 km/h
बुध
14 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ