काठमाडौ ।
बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ।
मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका नायव उपरीक्षक विजय यादवले जानकारी दिए। मृतक मध्य एक जना रुकुमकाे पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवको भनाइ छ।

