महानन्द चोकमा हत्या गरिएकी युवतीको पहिचान खुल्यो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

झापा । झापा अर्जुनधारा ६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी  युवतीको  पहिचान खुलेको छ ।

हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी  मनिशा लोहार भएको  खुलेको हो ।

त्यस्तै उनलाई छुरा प्रहार  गर्ने युवक कैलाली  जिल्ला स्थायी ठेगाना भएका  अन्दाजी २० वर्षका  अनिल विक भएको बुझिएको छ । छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा  साँझ ७ बजे उनको मृत्यु भएको हो ।

उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो ।   छुरा प्रहार गर्ने विक पनि घाइते छन् । उनलाई उपचारको  लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ ।

छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा  उनी घाइते भएका हुन् ।  घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुवैजना प्रेमी–प्रेमिका रहेको बुझिएको छ ।

चार दिनअघि  केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको थियो । झडपमा एकजना घाइते भएका थिए भने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।  यस किसिमका घटनाले बिर्तामोड असुरक्षित बन्दै गएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
45%
3 km/h
शुक्र
22 °C
शनि
23 °C
आइत
24 °C
सोम
26 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ