विपद् प्रभावितका लागि भन्दै पैसा उठाउँदै एनआरएनए थाइल्याण्ड, विज्ञप्ति नै शंकास्पद

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक । गैरआवासीय नेपाली संघ थाइल्याण्डले नेपालका विपद् प्रभावितको राहत तथा सहयोगका लागि भन्दै पैसा उठाउने अभियान चलाएको छ ।

अझ पैसा उठाउन सार्वजनिक विज्ञप्ति नै जारी गरेको छ । राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले आफ्ना सदस्यहरुको बैठक राखेर सहयोग गर्नका लागि निश्चित मापदण्ड बनाउनुपर्नेमा अध्यक्षको हस्ताक्षर र खाता नम्बर राखेर विज्ञप्ति जारी गर्नुले शंका उब्जिएको सदस्यहरुले बताएका छन् ।

अर्कोतिर विज्ञप्तिको भाषा, शुद्धाशुद्धी र ढाँचा नमिलेको तथ्य हेर्दा झनै शंकास्पद देखिन्छ । विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि राष्ट्रिय समन्वय परिषद् थाईलैंड अन्तर्गत रहनुभएका सम्पूर्ण गैरआवासीय नेपालीमा हार्दिक अपिल गर्दछौं । आर्थिक सहयोग देहायको खाता नम्बरमा उपलब्ध गराइदिनु आग्रह गर्दछौं ।’ विज्ञप्तिमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाईलैंड लेखिएको छ । जुन मिलेको छैन ।

मातृभूमि विपत्तिमा सहयोग गर्नु हरेक नेपालीको दायित्व हो । तर जिम्मेवार संस्था र त्यसका पदाधिकारीले विश्वसनीय रुपमा बैठक राखेर सामूहिकतामा सबैलाई समेटेर देशमा विपत्तिमा परेका दाजुभाइको घाउमा मल्हम पट्टी लगाउनुको सट्टा एकलरुपमा खातामा पैसा हाल भनेर भन्नु शोभनीय नभएको सदस्यहरु बताउँछन् ।

सेयर: 613
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
2
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
67%
1 km/h
आइत
13 °C
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
ट्याग गरिएको:
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ