आजको मौसम, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

सोही कारण अहिले देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम लगायत अन्य प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी र बागमती लगायत अन्य प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ